ताप्लेजुङ : फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ ।
समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए ।
उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताए ।
एक मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् ।
Discussion about this post