Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त भएका छन् । राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेका थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।
घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको बताइएको छ ।
थापासँगै गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् भने बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेल भन्दा अघि नियुक्त गरेको हो । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।
नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
Discussion about this post