इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ जेल फिल्ड ब्रह्मदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको छ ।
इनरुवा नगरपालिकाको बजेटबाट ब्रह्मदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको हो । इनरुवा नगरपालिकाको चालु आर्थिक वर्ष २०८०-०८१ को बजेटबाट नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।
नगरपालिकाको चालिस लाख चार सय चौसठि रुपैयाँको लागतमा पक्की नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले बताए ।
नगरपालिकाले पक्की नाला तथा बाटो मर्मत सम्भारका लागि ७६ लाख ३९ हजार ४१८ रुपैयाँ २३ पैसाको टेन्डर आह्वान गरेकोमा आर।एस। कन्स्ट्रक्सन जनकपुर धामले ४० लाख ४६४ रुपैयाँ २३ पैसामा निर्माण गर्ने भनी टेन्डर कबुल गरेको थियो ।
निर्माण कम्पनीले कबुल गरे अनुसारको पक्की नाला तथा बाटो मर्मत सम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका उप–प्रमुख विनीताकुमारी मेहताले बताइन ।
नाला तथा बाटो निर्माणको काम भएपछि स्थानीयवासी खुसी भएका छन् । वर्षाको समयमा हिलामय र सुख्खा समयमा धुलामयमा आवतजावत गर्नुपर्ने बाध्यता रहेकोमा पक्की नाला तथा बाटो मर्मत सम्भारको काम भएपछि राहत महसुस भएको स्थानीय दिपेश्वर मेहताले बताए ।
पछिल्लो समय इनरुवा नगरपालिकाले उपभोक्ता समितिलाई हटाएर टेन्डर प्रक्रियाबाट विकास निर्माणको कार्य गर्न थालेपछि विकास निर्माणको कार्यले गति लिएको मेहताले बताए ।
उपभोक्ता समितिबाट विभिन्न किसिमको बताइएको छ । इनरुवा नगरपालिकाले टेन्डर प्रक्रिया मार्फत गरेको पक्की नाला तथा बाटो मर्मत सम्भारको काम राम्रो स्थानीय बताउँछन् ।
स्थानीयवासीलाई पानी निकासको समस्या हुँदै आएकोमा नगरपालिकाले गरेको नाला निर्माणले स्थानीयवासी पानी निकासको समस्याबाट मुक्ति पाएका छन् । पछिल्लो समय इनरुवा नगरपालिकाको स्रोत, साधन र बजेटले भ्याए सम्मको विकास निर्माणको काम गरिरहेको नगरपालिकाले जनाएको छ ।
Discussion about this post