काठमाडौं / सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने दुर्गा प्रसाईंका सहयोगी पक्राउ परेका छन् ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि उनी पक्राउ परेका हुन् । उनी झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का हुन् ।
खड्काले दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ थियो । उनी पेशीको लागि अदालत गएका थिए । उनको साथमा केही निजी बडीगार्ड पनि थिए ।
ती मध्ये प्रसाईंको साथमा हतियारसहित गएका खड्का पक्राउ परेका हुन् । उनको साथबाट एउटा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईं पछिल्लो समय सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर भाइरल छन् । उनले आफू हिँडदा निजी सुरक्षा गार्ड र गाडीको लावालस्करसहित रवाफ देखाउँदै आएका छन् ।
Discussion about this post