पाँचथर / पाँचथर क्लबले फिदिम बजार क्षेत्रका विभिन्न ठाउँमा डस्बिन राखेको छ । क्लबले बजारका विभिन्न क्षेत्रमा डस्बिन राखेको हो । सो क्लबले चौथो पाँचथर गोल्ड कप समेत सम्पन्न गरेको छ ।
क्लबले फिदिम बजार क्षेत्रमा १५ वटा डस्बिन राखेको निशान सिवाकोटीले बताए ।
बजार क्षेत्रका सौन्दर्यता कायम राख्न र बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्ने उद्देश्यले फिदिम बजार क्षेत्रका डस्बिन राखिएको जनाइएको छ ।
कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्र काफ्ले सहित क्लबका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post