बिराटनगर । नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्जको जिम्मेवारी दिइएको हो ।
यसअघिका इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि उनको स्थानमा गौतम नियुक्त भएका हुन् । यस अघिका इन्चार्ज घिमिरे भने पार्टीको सम्पूर्ण भूमिकाबाट अलग भइसकेका छन् ।
Discussion about this post