Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

माघ २६ ,२०७९ सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय लखन्तरी ले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जेष्ठ नागरिक केन्द्र नं. ०२१ कि उर्मिलादेवी थरुनी सभा अध्यक्ष, ग्रामथान गाउँपालिकाको अध्यक्ष (मेयर) जय प्रकाश गच्छदार थारु प्रमुख अतिथि तथा १ नं. वडाको वडा अध्यक्ष सुरेश कुमार माझी विशेष अतिथिको आशन ग्रहण थियो ।
उक्त कार्यक्रममा विभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य र अविभावक गरि जम्मा ५७ जना सदस्यहरु, शाखाको सबै कर्मचारी तथा केन्द्रीय कार्यालयबाट योजना तथा अनुगमन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी र आन्तरिक लेखा परिक्षक्षण विभागको सोकेन्द्र कुमार रायको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा र बचत सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने लखन्तरी शाखाको शाखा प्रमुख प्रिती चौधरीले जानकारी दिनु भएको थियो ।
ग्रामथान वडा नं. १ को सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिहरु र उत्तकृस्ट बचतकार्ताहरु लाई खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो ।
उक्त कार्यक्रममा योजना तथा अनुगमन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी तथा आन्तरिक परिक्षण विभागको सोकेन्द्र कुमार रायले प्रशिक्षकको रुपमा प्रशिक्षण गरेको जानकारी सोहि शाखाको शाखा प्रमुखले दिनु भएको थियो ।
Discussion about this post