इटहरी । उद्योग वाणिज्य संघ इटहरीको भोली (शनिबार) हुने निर्वाचनमा चार समुह विच प्रतिष्पर्धा हुदैंछ । विगतका निर्वाचनमा राजनितिक दलले अघोषित रुपमा उम्मेदवार खडा गरेका थिए । यो पटक भने चार समुह चारै प्रकार देखि चुनावमा सामेल हुदैछन् । रञ्जु सिग्देल (चौलागाई) को समुहलाई अदृश्य रुपमा नेकपा एमालेले सहयोग गरेको छ । गायत्री कटुवाल (भण्डारी) को समुहलाई नेपाली काङ्ग्रेस समुहले घोषित रुपमै सहयोग गर्ने बताएको छ ।
अर्का उम्मेदवार जीवन पराजुलीलाई नेपाली काङ्ग्रेसको देउवा समुह, माओवादी केन्द्र,नेकपा एस,राप्रपा,रास्वपा,जसपा लगायतका दलले समर्थन गरेका छन् । त्यस्तै मणिन्द्र कटुवाल स्वतन्त्र उम्मेदवार बनेका छन् । विगतका नेतृत्व हेर्ने हो भने अधिकाशं नेपाली काङ्ग्रेस पार्टीले सहयोग गरेको ब्यक्ति नेतृत्वमा पुग्ने गरेको देखिएको छ ।
यो पटक काङ्ग्रेस भित्रका नेताहरुको अन्तुष्टि वाणिज्य संघको निर्वाचनमा देखिने पक्का छ । गायत्री समुहलाई पार्टीले सहयोग गरेपनि प्रभावशाली नेताहरु जीवन समुहत तर्फ लागेका छन् । वर्तमान वाणिज्य संघ इटहरीका पुर्व अध्यक्षहरु टंक दुलाल र भिम पौडेल जीवन तर्फ मोडिएका छन् । त्यस्तै अर्का पुर्व अध्यक्ष रोहीत प्रसाईले गायत्रीलाई समर्थन गरेका छन् । यसरी पार्टी भित्रको अन्तरकलह छताछुल्ल देखिएपछि नेतृत्व कसको हातमा जान्छ भन्ने चासो बढेको छ ।
२०७६ सालको निर्वाचनमा काङ्ग्रेसको समर्थनबाट भिम पौडेलले २९०४ मत प्राप्त गरेका थिए । तत्कालीन नेकपाको समर्थनबाट उम्मेदवार बनेका शैलेश विष्टले १७७८मत ल्याएका थिए । तर यो पटक यी दुई संरचना फेरिएको छ । त्यतिबेला काङ्ग्रेस पनि एका तर्फ थियो । अहिले नेताहरुको स्वार्थ नमिल्दा नेताहरु एक अर्कालाई हराउन लागि परेका छन् ।
जसका कारण यस पटकको निर्वाचनमा जीवन र गायत्री दुवैलाई निकै चुनौती पुर्ण देखिएको छ । यसको फाइदा प्रमुख प्रतिष्पर्धी मानिएकी रञ्जु आफुँ लिने दाउमा छिन् । २०७६ सालको निर्वाचनमा शैलेश बिष्टको प्यानलबाट सदस्य पदमा हार व्यहारेकि उनी काङ्ग्रेसको फुटलाई अवसरको रुपमा लिएर चुनाव जित्ने दाउमा छिन् । तर उनलाई पनि त्यति सजिलो भने छैन । आफ्नो पक्षको मत कमजोर भएको अबस्थामा अर्का तर्फका मतदाताको मत तान्न सकेमात्र उनले जित निकाल्ने देखिन्छ ।
यो पटक स्वतन्त्र उम्मेदवार मणिन्द्र कटुवालले पनि उम्मेदवार दिएका छन् । इटहरीका पुराना व्यावसायी भएपनि बजारमा त्यति प्रभाव भने देखिदैंन । तर जित निकाल्ने उम्मेदवारलाई प्रभाव पार्ने देखिएको छ ।
Discussion about this post