एजेन्सी — एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज हुने भनिएको नेपाल र हङकङ बिचको खेलमा बर्षा बाधक भएको छ ।
ओमानको अल अमारतमा नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनुपर्ने थियो ।
तर वर्षाका कारण अहिलेसम्म टस समेत हुन सकेको छैन ।
नेपालले अघिल्ला दुवै खेल जितेको थियो भने हङकङले एक जित र एक हारको नतिजा निकालेको छ ।
Discussion about this post