नयाँ दिल्ली । नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सकिएको छ । ग्याँस चुहिएर आगलागी हुँदा गम्भीर घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बन्र्स सेन्टरमा दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको हो ।उनको उपचार समन्वयका लागिसँगै गएका नेता योजराज कँडेला अनुसार भण्डारीको अवस्था सामान्य रहेको छ ।
अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा ‘अब्जर्भेशन’ पछि मात्र निर्णय हुने उनले जानकारी दिए ।भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको कँडेलले जानकारी दिए ।
बुधवार राति काठमाडौं रहेको घरमा ग्याँस चुहिएर भएको आगलागीमा परि गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि हिजो बिहीवार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो । त्यही घटनामा जलेर गम्भीर घाइते भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको थियो ।
Discussion about this post