चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम
सम्पन्न भएको छ ।
मंगलबार एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी
नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।
यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नु रहेको
चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिकामा संचालित यस
कार्यक्रम सफलतापुर्बक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी
गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको
छ ।
यसैबीच, चौधरी फाउन्डेसनले तिनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी
३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको
छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ ।
यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी
गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी
दिएको छ ।
कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति
विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । हामी यस्ता तालिम कार्यक्रमको
माध्यमबाट मानिसहरुलाई सिप विकासमा सहयोग गरिरहेका छौं, ताकि उनीहरु देशभित्रै
रोजगार प्राप्त गर्न सकुन्र राम्रो आम्दानी आर्जन गर्न सकुन उनले भने । विश्वकै
प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनि एल.जी. इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा
यस्ता तालिम मार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु चौधरी गु्रपको कर्तब्य समेत
रहेको चौधरीले बताए ।
चौधरी ग्रुप नेपालमा एल.जी. इलेक्ट्रोनिक्स सँग ४० वर्ष भन्दा
बढीको ब्यवसायीक सम्बन्ध रहेको छ ।
समारोहमा बोल्दै चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी गु्रपसँग सहकार्य
गर्न पाउदा उत्साहित भएको बताए । “यस्ता तालिमले मान्छेमा सीप भर्ने र देशमै
केहि गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहान गर्नेछ,” गिरीले बताए ।
Discussion about this post