धनकुटा/ धनकुटाको महालक्ष्मी- ५ ज्यामिरेमा शक्रबार एक वृद्धको विभत्स रुपमा हत्या भएको छ । हत्या हुनेमा स्थानीय ७० वर्षका मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
हत्या राति नै भएको हुन सक्ने भएपनि प्रहरीलाई बिहान मात्र जानकारी आएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए । हत्या गरिएका वृद्धको टाउको घटनास्थलबाट एक किलोमिटर टाढा रहेको उनले बताए । शरिरको अन्य भाग उनको घरैमा रहेको बताइएको छ ।
प्रहरी घटनास्थलतर्फ जाँदै गरेकोले विस्तृतमा जानकारी आउन बाँकी छ । घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट ९ र लेगुवा बजारबाट २ किलोमिटरको दुरीमा पर्दछ ।
महालक्ष्मी नगरपालिका प्रमुख ध्रुव रायका अनुसार अपांगता भएका बस्नेतको घरैमा हत्या भएको हो । घटना भएको थाहा पाएपछि हामी त्यसतर्फ जाँदैछौं, उनले भने, घटनाबारे घटनास्थल पुगेर मात्र विस्तृतमा जानकारी पाउन सकिने अवस्था छ ।
Discussion about this post