इटहरी : नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागका अनुसार उनीहरूलाई आवश्यकता अनुसार काज खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको छ ।
तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत राम प्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन् ।
उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ ।
Discussion about this post