ताप्लेजुङ / २७ वर्षको अवधिमा ताप्लेजुङमा विपदका घटनाबाट एक सय ६३ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०५४।५५ देखि २०८०।८१ को २७ वर्षको अवधिमा विपद्का घटनाबाट सो सङ्ख्यामा मृत्यु भएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले चालू आवका लागि तयार पारेको विपद् प्रतिकार्य योजनामा उल्लेख भए अनुसार प्रकोपका घटनाबाट मानवीय क्षति भएको उल्लेख छ ।
आगलागी, बाढी पहिरो, भूकम्प, हुरी बतास, चट्याङ र अन्य विपद्का घटनालाई प्रकोपको रूपमा उल्लेख गरेको छ ।
प्रतिकार्य योजनामा उल्लेख भए अनुसार आव २०५४।५५ मा १७ वटा, २०५५।५६ मा ९५ वटा, २०५६।५७ मा १ सय ८१ वटा, २०५७।५८ मा ६७ वटा, २०५८।५९ मा १ सय ७ वटा र २०५९।६० मा २ सय ९३ वटा विपद्का घटना भएको उल्लेख छ ।
यस्तै २०६०।६१ मा १ सय ६२ वटा, २०६१।६२ मा १ सय ६ वटा, २०६२।६३ मा ८७ वटा, २०६३।६४ मा ४४ वटा, २०६४।६५ मा ९६ वटा, २०६५।६६ मा १ सय ६ वटा, २०६६।६७ मा १ सय ५ वटा र २०६७।६८ मा १ सय ३० वटा घटना भएको उल्लेख गरिएको छ ।
विपद्का घटनाका हिसाबले आव २०६८।६९ सबैभन्दा घातक वर्ष रहेको पाइएको छ । उक्त आवमा १ हजार ४ सय ६८ वटा घटना भएका छन् ।
सो वर्ष सबैभन्दा बढी हुरी बतासका घटना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै आव २०६९।७० मा १ सय २४ वटा,२०७०।७१ मा १ सय ६९ वटा,२०७१।७२ मा ५ सय ८५ वटा,२०७२।७३ मा १ सय ५४ वटा,२०७३।७४ मा १ सय २८ वटा, २०७४।७५ मा ६७ वटा र २०७५।७६ मा ८९ वटा विपद्का घटना भएका छन् ।
आव २०७६।७७ मा ८३ वटा, आव २०७७।७८ मा १ सय २० वटा,२०७८।७९ मा ९७ वटा, २०७९।८० मा २ सय ५९ वटा र २०८०।८१ मा १ सय ३२ वटा विपद्का घटना भएका छन् ।
यी घटनाबाट २७ वर्षको अवधिमा एक सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो समय बिपदबाट ज्यान गुमाउनेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
Discussion about this post