इटहरी : इटहरीमा ट्रकको ठक्करबाट मृत्यु भएका साइकलयात्रीको पहिचान खुलेको छ ।
शुक्रबार (आज) दिउँसो १ः१० बजेतिर इटहरी उपमहानगरपलिका ६ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुने व्यक्ति भोजपुर षडानन्द नगरपालिका १४ बस्ने ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेका छन् ।
ट्रक चालक धरान १३ बस्ने ४५ वर्षीय गोविन्द बबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । ट्रक भने बेलबारी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी टेक बहादुर कार्कीको कमाण्डमा २० जनाको टोली खटिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट जाँदै गरेको साइकललाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – इटहरीको मुख्य चौकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
Discussion about this post