बसको ठक्करबाट भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार बिहान ५ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको बा ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदाँ घाइते भएका मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक काठमाडौं दक्षिणकाली–५ का ४० बर्षीय निरन्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post