Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी । इटहरी उपमहानगरपालिकाले दुई हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगर क्षेत्रका अति विपन्न दुई हजार परिवारको बीमा गरिदिने इटहरी उपमहानगर पालिकाका प्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका हुन् ।
अति बिपन्न देखि सम्पन्न परिवारको स्वास्थ्यमा समान पहुँच पुर्याउने उद्देश्यले अति बिपन्न परिवारका लागि निशुल्क बीमा कार्यक्रम सुरु गरिएको प्रमुख पौडेलले प्रदेश खवरलाई जानकारी दिए ।
पहिलो चरणमा प्रत्येक वडाबाट ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरिने र निशुल्क बीमा गरिने पौडेलको भनाइ छ ।
आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको प्रमुख पौडेलको भनाइ छ ।
Discussion about this post