चन्दन रौनियार/दुहबी (सुनसरी) : सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरू भएको छ । भदौ १० गते कृष्ण जन्माष्टमी बनाइने तयारी गरिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
कृष्ण जन्माष्टमी पूजा तथा मेला महोत्सव समितिका अध्यक्ष पंकज हलुवाइकाअनुसार दुहबी ६ नम्बर वडामा प्रत्येक वर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउने तयारी थासलएको हो ।
दुई सय एक जनाको मूल समिति, एक सय एकजनाको सल्लाहकार समिति र नौ वटा उपसमितिहरू बनाएका छन् ।
महोत्सवमा विभिन्न जातजातिहरूले झाँकी प्रदर्शन गर्ने, दुहबी बजारदेखि ८ किलोमिटरसम्म रथयात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढी भक्तजनहरूलाई रथयात्रामा सहभागी गराउने कार्यक्रमका दुहबी वडा नं. ६ का वडाध्यक्ष घनश्याम हलुवाईले बताए । दुहबीमा हरेक वर्ष कृष्ण जन्माष्टमी मोहत्सव मनाइँदै आएको छ ।
महोत्सवमा करिब नौ लाख खर्च हुने अनुमान गरिएको छ । कृष्ण जन्माष्टमीको दिन सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न आफूहरू सचेत रहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सुवासचन्द्र सुनुवारले बताए ।
भदौ १० र ११ गते भजन कीर्तन साथै प्रसाद वितरण, ११ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाइकल र्याली र दिउँसो श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजक समितिका सहउपाध्यक्ष चन्दन बैठाले बताए ।
कार्यक्रममा दुहबी नगरपालिका कावडाध्यक्ष मुस्तकिम रैन ,ट्राफिक प्रहरी कार्याल दुहबीका इन्चार्ज चन्द्रकुमार श्रेष्ठ ,सशस्त्र प्रहरी दुहबीका प्रतिनिधि श्यामकुमार खड्का, नेवा (देय)दवुका प्रतिनिधि प्रेम श्रेष्ठ, स्थानीय समाजसेवी केलाश भगत, राजेश रौनियार, वडा नं. ६ का सदस्य देवनन्द खत्वे लगायतको उपस्थिति रहेको थियोे ।
पूजा तथा मेला महोत्सव समितिको अध्यक्षमा पंकज हलुवाई, उपाध्यक्ष राकेश डाँगी, सचिव ऋषि साह, सहसचिव राजा रौनियार, कोषाध्यक्ष हरिनारायण ठाकुर, सहकोषाध्यक्ष रितिक रौनियार, सदस्यहरू शम्भु हलुवाई, जीवन हलुवाई, सुरज पासवान, सजित मण्डल, गंगा हलुवाई, राहुल झा, मनीष रौनियार, मनोज रौनियार, त्रिलोकी भगत, राकेश हलुवाई, हेमनरायण यादब, सोनु अग्रहरी रहेका छन् ।
Discussion about this post