विराटनगर । मोरङको धनपालथानमा रहेको पोखरीमा शनिबार बिहान पुरुषको शव भेटिएको छ ।
धनपालथान गाउँपालिका–६ का ३५ वर्षीय मनोज सहनीको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार पिण्डेश्वरी शिव मन्दिरको पोखरीमा तैरिरहेको र घोप्टो परेको अवस्थामा बिहान ६ बजेतिर शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई घटनास्थलबाट पोस्मार्टमका लागि पठाएको थियो ।
रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको शव परिवारका सदस्यले लगेर अन्त्येष्टि गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
Discussion about this post