इटहरी । योगमय इटहरी बनाउने उदेश्यले पतञ्जली योग समिति नेपालको आयोजनामा आयोजित योग शिवीर कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
फागुन १३ गतेदेखि सुरु भएर १९ गते योग शिविर सम्पन्न भएको हो ।
पतञ्जती योग समिति नेपाल इटहरी नगर अध्यक्ष उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको योग शिविर आयोजना भएको हो ।
घरघरमा योग जनजनमा योग भन्ने मुल नारालाई आत्मसात गर्दै रोग, तनाव कम गर्न र स्वस्थ जीवनशैली जिउन प्रेरित गर्न जनता स्कुलको खेल मैदानमा योग शिविर सञ्चालन गरिएको थियो ।
ग्याष्ट्रिक, ढाड, नशा दुख्ने लगायतको विभिन्न रोगहरुको समाधान गर्नका लागि केन्द्र र प्रदेशका गुरुहरुद्वारा यो शिविर सचालन गरिएको आयोजकले जनाएको छ ।
प्रदुषित वातावरण, रसायनयुक्त खाद्यान्न र असन्तुलन जीवनशैलीका कारण तनाव, रोग बढ्नेतर्फ मध्यनजर गर्दै स्वस्थ जीवनशैलीका लागि योग शिविर सञ्चालन गरिएको जनाइएको छ ।
शारीरिक तथा मानसिक स्फूर्तिका लागि यो शिविर उपयोगी रहने संस्थाकी इटहरी नगर अध्यक्ष उर्मिला कटुवालले बताइन् ।
Discussion about this post