विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले राष्ट्रिय आवश्यकताका आधारमा कांग्रेस एमाले मिलेर सरकार बनाएको बताएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि उनले राष्ट्रिय आवश्यकताका आधारमा सरकार बनेको बताएका हुन् ।
मुलुकमा फैलिएको विकृती र विसंगतीलाई अन्त्य गर्न गठबन्धन बनेको बताउँदै उनले हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरे । सैद्धान्तिक रुपमा दुई ठूला दल मिल्न नमिल्ने भएपनि स्थायित्वका लागि दुई दल मिलेको बताए ।
Discussion about this post