काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।
सोमवार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई,समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरे ।
राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने उनले बताए ।
प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे ।
विस्तृत शान्ति सम्झौतामाथि आफूबिरुद्ध मुदद दर्ता हुँदा तरंग पैदा भएपनि माओवादीलाई भने एकतावद्ध हुन मद्दत पुगेको बताए ।
Discussion about this post