भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय पुरुष नर्स पक्राउ परेका छन्।
महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना बाहिर आएको हो।
भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा जागिर दिने झूटो आश्वासन दिएर एक होटलमा लगेका थिए।
होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए। त्यही नग्न तस्विर सार्वजनिक गरिदिने धम्की दिंदै पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि महिला डाक्टर प्रहरीको सम्पर्कमा पुगेकी थिइने। उनको उजुरीको आधारमा निशमलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६ (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेक्ट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Discussion about this post