काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी राष्ट्र चीनले बधाई दिएको छ ।
काठमाडौँस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
यसअघि राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको थियो ।
अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले सोमबार उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
Discussion about this post