काठमाडौँ । वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार पाण्डेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस/रिसवत लिएको आयोगको दाबी छ ।
पाण्डेविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले ३० हजार नै बिगो कायम गरी जरिवाना र कैद मागदाबी गरी मुद्दा दायर भएको अख्तियार प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post