पूर्वी अमेरिकामा आएको आँधीमा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।
अमेरिकाको दक्षिण र मध्यपश्चिम क्षेत्रबाट शनिबार पूर्वी दिशातर्फ बढेको भीषण आँधीले २६ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
अर्कान्सासमा कम्तिमा पाँच, इलिन्वामा चार र इन्डियानामा तीनजनाको ज्यान गएको छ।
एक साताअघि मिसिसिपीमा गएको आँधीबेहरीले र त्यसले निम्त्याएको भूमरीले पनि चार सय घर ध्वस्त भएका थिए। त्यहाँ २६ जनाको ज्यान गएको छ
Discussion about this post