ताप्लेजुङ । ताप्लेजुङका छुट्टाछुट्टै स्थानमा दुईजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको फुङलिङ नगरपालिका वडा नम्बर–२ देवलिङ्गे बस्ने ३४ वर्षका कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ ।
शवको पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने उल्लेख गर्दै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो । घटनाका बिषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post