माइपोखरीमा ४० हजार माछाका भुरा छोडियो

मंगलबार, ३० बैशाख २०८२

इलाम ः विश्व रामसार क्षेत्रमा सुचीकृत इलामको माइपोखरीमा ४० हजार माछाका भुरा छाडिएको छ । सन्दकपुर गाउँपालिका १ स्थित धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले ती माछाका भुराहरु छाडेको हो । 


प्राकृतिक तथा सार्वजनिक जलाशयहरुमा माछाको भुरा छोड्ने कार्यक्रम अन्तर्गत भुरा छाडिएको कार्यालय प्रमुख डा. राघबेन्द्र तिवारीले जानकारी दिए । माछा छोड्न सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, प्राविधिक बेदनिधी दुलाल लगायतको उपस्थिति रहेको थियो ।


माछाको संख्या बृद्धि गराउन सो माछा छोडिएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार