इलाममा गोरेटो बाटोबाट लडेर वृद्धको मृत्यु

शनिबार, १० जेठ २०८२

इलाम : माङसेबुङ गाउँपालिका–५, भालुटारमा गोरेटो बाटोबाट लडेर ६८ वर्षीय धनराज लिम्बुको मृत्यु भएको छ।

आज (शनिबार) करिब ४ः५० बजे आफ्नै घरबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको गोरेटो बाटोमा हिँड्दा उनी करिब ५ ६ मिटर तल खसेका थिए। 

घटनाबारे मृतकका छोरा घडकन लिम्बुले साँझ ५ बजे इलाम बाँझो प्रहरी चौकीमा जानकारी दिएका थिए।

सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक जानकारी अनुसार मृतक लिम्बु पछिल्लो १ २ वर्षदेखि मिर्गी रोगको औषधि सेवन गर्दै आएका थिए।

सोही रोगका कारण लडेको हुन सक्ने आशंका प्रहरीको छ।

घटनाको थप अनुसन्धान र कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक मोहनलाल आँगा श्रेष्ठको नेतृत्वमा थप टोली खटिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार