दाङको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

मंगलबार, १२ चैत्र २०८१
दाङ : दाङमा रहेको प्लाई उद्योगमा अस्ति रातिदेखि लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । उद्योगको भित्री भागमा लागेको आगो निभाउन अझै १० प्रतिशत बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । रातभर पनि आगो निभाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए। करिब ८ बिगाहा क्षेत्रफलमा फैलिएको साङ्ग्रिला प्लाई उद्योगमा अस्ति राति करिब १ बजेबाट आगो लागेको थियो । आगोलागिबाट उद्योगका सबै सामग्री जलेर नष्ट भएका छन् । आगो निभाउन दाङ, बाँके र कपिलवस्तुका २र२ वटा, रुपन्देही र बर्दियाका एउटा गरी ८ वटा दमकल र २ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको दाङ प्रहरीले जनाएको । २०६३ सालमा स्थापना भएको प्लाइ उद्योगमा दैनिक ७ सय जनाले काम गर्दै आएको उद्योग सञ्चालक जितेन्द्र बस्नेतले बताउनु भयो । यस उद्योगबाट उत्पादित प्लाई विदेश पनि निर्यात हुँदै आएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार