भारतमा २१ वर्षीय युवकको कोभिड-१९ का कारण मृत्यु

शनिबार, १० जेठ २०८२

भारत : भारतको महाराष्ट्र राज्यको ठाणे सहरमा २१ वर्षीय युवकको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ।

बीबीसी मराठीका अनुसार ती युवकलाई गम्भीर मधुमेहका कारण मे २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा मे २३ मा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

केही समयमै स्थिति जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार हाल महाराष्ट्रमा कोभिड-१९ का ५६ सक्रिय संक्रमित छन् भने देशभर कुल २५७ जना बिरामी उपचाररत छन्।

यता, उत्तर प्रदेशको नोएडामा ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ। गौतम बुद्ध नगरका मुख्य चिकित्सा अधिकारी नरेन्द्र कुमारका अनुसार ती महिलाको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरिएको छ।

हालै भारतसहित कैयौं एसियाली देशहरूमा कोरोना संक्रमण पुनः देखा पर्न थालेको छ, जसले सतर्कता र स्वास्थ्य सुरक्षाका उपायहरूलाई पुनः कडाइ गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार