सुनसरीमा प्रहरीले चलायो गोली, गाँजा ओसारपसारमा संलग्न एक जना घाइते

शनिबार, १० जेठ २०८२
सांकेतिक फाईल

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा लागुऔषध गाँजाको ओसारपसारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र ओसारपसारकर्तालाई प्रहरीले गोली चलाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, प्रहरी टोलीले विशेष सूचनाका आधारमा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा ती समूहका एक सदस्यले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेका थिए।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले पहिलो चरणमा दुई राउन्ड हवाई फायर गरेको र आक्रमण जारी रहेपछि आत्मरक्षाका लागि गोली प्रहार गर्नु परेको कार्कीले बताए।

गोली लागेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका छन्। उनको खुट्टाको घुँडामुनि गोली लागेको र हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइते लिम्बूको अवस्था सामान्य रहेको बताइएको छ।

घटनास्थलबाट गाँजा बरामद भएको हो कि होइन भन्नेबारे पुष्टि नभएको र घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार