इटहरी : इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो ।
‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ ।
श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सयसहित प्रदान गरिनेछ ।
यसैगरी छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए । कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ । वि.स. २०८१ चैत मसान्तम्म निम्न इमेलमार्फत् कविता पठाउन सकिने बताइएको छ ।
सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको हुनुपर्ने, मौलिक र अप्रकाशितरअप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पढाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।
उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने छ । उत्कृष्ट १० छानिएका कविहरू स्वयम् सशरीर उपस्थित भएर कविता वाचन गर्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया