पराजुली समाज नेपाल झापाद्वारा पुराण महायज्ञको आयव्यय सार्वजनिक, २२ लाख बचत

आइतबार, ११ जेठ २०८२

बिर्तामोड : पराजुली समाज नेपाल झापाले हालै सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ।

समाजका वरिष्ठ उपाध्यक्ष शरणकुमार पराजुलीका अनुसार, गत चैत्र २१ देखि २७ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट कुल आम्दानी २८ लाख ८९ हजार १८ रुपैयाँ र खर्च ९ लाख १५ हजार ६ सय ७८ रुपैयाँ भएको छ। यसअनुसार, समाजले २२ लाख १० हजार रुपैयाँ जति रकम बचत गर्न सफल भएको छ।

उक्त बचत रकम अक्षयकोषमा राखी त्यसको व्याजबाट मन्दिरको सञ्चालन र भवन मर्मत-सम्भारमा खर्च गरिने योजना रहेको बताइएको छ।

महायज्ञ समापन समारोहमा समाजका अध्यक्ष गणेशप्रसाद पराजुलीले कार्यक्रममा अपेक्षितभन्दा बढी सहभागिता र सफलता मिलेको उल्लेख गर्दै सबै पराजुली बन्धुहरूप्रति आभार प्रकट गरे।

समारोह अध्यक्षता अध्यक्ष गणेशप्रसाद पराजुलीले गरेका थिए भने प्रमुख आतिथ्य समाजका केन्द्रीय सदस्य काशीनाथ पराजुलीले ग्रहण गरेका थिए। कार्यक्रममा सहसचिव पर्शुराम पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने सचिव नारायणप्रसाद पराजुलीले सञ्चालन गरेका थिए।

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष गोपालप्रसाद पराजुली, सुनसरी अध्यक्ष ऋषिकेश पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार