प्रधानमन्त्री ओली भन्छन्,'कर्मचारीको गल्तीका लागि मन्त्रीले राजीनामा दिनु पर्दैन'

आइतबार, ११ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकमाथि उठेको भिजिट भिसा प्रकरणको विषयमा कुनै कर्मचारीले गल्ती गरे त्यसको जिम्मेवारी मन्त्रीले लिनु नपर्ने स्पष्ट पारेका छन्।

एमाले सचिवालय बैठकमा ओलीले मन्त्रालयअन्तर्गत कुनै कर्मचारीको गल्ती भए त्यसलाई अनुसन्धान गरेर कारबाही गरिनुपर्ने बताए।

ओलीका अनुसार, राज्यका सम्बन्धित निकायको अनुसन्धान नै मुख्य आधार हुनुपर्छ। उनले भने, 'कुनै कर्मचारीले गल्ती गर्‍यो भने त्यसलाई सजाय हुन्छ। मन्त्रालयअन्तर्गतको कुनै कर्मचारीले गलत काममा मन्त्री भागीदार हुनु हुँदैन।'

ओलीले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न भए नभएको बारे सम्बन्धित निकायले अनुसन्धान गर्ने बताएका छन्।

बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले सञ्चार माध्यम र सामाजिक सञ्जालमा उठेका प्रश्न र टिप्पणीहरूकै भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने जनाए। उनले भने, दोषी ठहर गर्ने काम अनुसन्धान निकायले गर्छ, सञ्चार माध्यम वा सोसल मिडियाको टिप्पणीबाट फैसला हुँदैन।'

एमालेले भ्रष्टाचारविरुद्धको अडान दोहोराउँदै कुनै पनि आरोपमा निष्पक्ष छानबिन हुनुपर्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार