राजावादी प्रदर्शनमा पक्राउ पर्ने को को हुन् ?

आइतबार, १८ जेठ २०८२

काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् ।

नक्साल, नारायणचौरवाट बालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् ।

राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिम्सिना रहेका छन् ।

उनीहरूलाई काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार