एयर इन्डियाको दुर्घटनामा जो बाँचे

शुक्रबार, ३० जेठ २०८२

काठमाडौं : भारतको गुजरात राज्यमा पर्ने अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै सो विमान दुर्घटनमा परेको बताइएको छ ।

६ सय २५ फिटबाट खसेका विश्वास शवका टुक्रा र क्षतविक्षत् विमान हेर्दै अस्पताल पुगे

लन्डनका लागि गुजरात अहमदाबादबाट उडान भरेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान एआई १७१ दुर्घटनामा रमेश विश्वास कुमार बाँच्न सफल भएका छन् । दुर्घटनाका क्रममा ६ सय २५ फिटबाट खसे पनि उनको ज्यान बचेको हो ।

दुर्घटनास्थलबाट अन्य शव हेर्दै उनी हिडेरै अस्पताल पुगेका थिए । विश्वासको अहमदाबाद सिभिल अस्पतालमा उपचार भइरहेको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले ‘सिट ११ ए’मा बसेका विश्वास जीवित व्यक्ति फेला परेको पुष्टि गरे ।

४० वर्षीय रमेश विश्वास कुमारले ‘उडान भरेको ३० सेकेन्डपछि ठूलो आवाज आएको र त्यसपछि विमान दुर्घटनाग्रस्त भएको’ बताए ।

‘११ए’को बोर्डिङ पासधारी उनले अस्पतालको ओछ्यानबाटै भने, ‘धेरै छिटो समय सबै भयो, जब म ब्युँझें, मेरावरिपरि लासहरू थिए, म डराएको थिएँ, उठेर दौडें, मेरावरिपरि विमानका टुक्रा थिए, कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल लग्यो ।’

उनका दाइ अजय विमानमा फरक पंक्तिमा बसिरहेका थिए । विश्वास बेलायतका नागरिक हुन् । उनी केही दिनका लागि परिवारसँग भेटघाट गर्न भारत आएका थिए । उनी आफ् ना ४५ वर्षीय दाइ अजयकुमार रमेशसँग बेलायत फर्क ंदै थिए । विश्वासले बताएअनुसार उनी २० वर्षदेखि लन्डन बस्दै आएका छन् । उनकी पत्नी तथा छोराछोरी पनि त्यहीँ बस्छन् ।

विमानमा सवार थिए २ सय ४२ यात्रु

दुर्घटनाग्रस्त विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक, एक जना क्यानडेली नागरिक र ६ जना पोर्चुगलका नागरिक रहेको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । दुर्घटनामा परेर गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीसहित सबै २ सय ४२ जनाको मृत्यु भएको छ ।

सो विमान उडेको केही सेकेन्डभित्रै त्यसबाट अन्तिम संकेतहरू प्राप्त भएको उडानहरूको निगरानी गर्ने वेबसाइट फ्लाइट राडारले जनाएको छ । त्यसबेला सो विमान ६२५ फिटको उचाइमा आकाशमा रहेको थियो ।

भारतीय समयअनुसार अहमदाबाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको विमान२ मिनेटमै भूइँमा बजारिएको थियो । विमान चिकित्सकहरू बसेको एक होस्टेलमा खसेको थियो । सरदार पटेल इन्टरनेसनल विमानस्थलबाट उडेको केही क्षणमै विमानमेघाणी नगर इलाकामा दुर्घटनामा परेको थियो ।

जहाजमा सवार मानिसबाहेक १५ जना डाक्टरलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमाननस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिसनजिकै विमान ठोक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो । दुर्घटनापछि विमान दुई टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।


विमान दुर्घटनालगतै एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले एक्समा लेखेका छन्, ‘म गहिरो दुःखका साथ आज अहमदाबादबाट लन्डन ग्याटविकतर्फ जान लागेको एयर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको जानकारी दिँदै छु ।’ उनले सो दर्दनाक घटनाबाट प्रभावित सबै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्नमा आफ्नो प्रमुख ध्यान केन्द्रित भएको उनले बताए । यसैबीच, विमान दुर्घटनाको शोकमा एयर इन्डियाले आफ्नो आधिकारिक सामाजिक सञ्जाललाई कालो बनाएको छ । यसका साथै उसले आफ्नो आधिकारिक वेबसाइट पनि ब्ल्याक एन्ड ह्वाइट बनाएको छ ।

एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाको घटना बोइङ ७८७–८ यसरी दुर्घटनामा परेको पहिलो घटना हो ।

सो मोडेल १४ वर्षअघि सुरु गरिएको थियो र ड्रिम लाइनर भनिएको यस मोडेलको यात्रुवाहक विमानले १ अर्ब यात्रु बोकेर कीर्तिमान कायम गरेको भनी केही साताअघि मात्रै यसको प्रशंसा गरिएको थियो । त्यस अवसरमा बोइङ कम्पनीले विश्वव्यापी रूपमा सञ्चालनमा रहेका १ हजार १ सय ७५ वटाभन्दा बढी ७८७ विमानहरूको जत्थाले ३ करोड उडान घण्टा हुनेगरी ५० लाख उडान गरेका पनि जनाएको थियो ।

विमानका क्याप्टेनले दिएका थिए आपत्कालीन संकेत

एयर इन्डियाको बोइङ ‘एआई १७१’ विमानउडाइरहेका क्याप्टेन सुमित सभरवालले दुर्घटनाको ठीक अगाडि आपत्कालीन अवस्थाको संकेत दिएका पाइएको छ । उनले एयर ट्राफिक कन्ट्रोल ९एटीसी०सँगको सम्पर्कमा ‘मे डे’ संकेत गरेका थिए । लगत्तै एटीसीले थप जानकारी पाउन सकेनन् ।

‘मे डे’ विमानगम्भीर आपत्कालीन अवस्थामा लिइने संकेत शब्द हो । सामान्यतया पाइलटले तीनपटक ‘मे डे’ शब्द उच्चारण गरेमा जहाजको इन्जिन फेल भएको, आगो लागेको, अपहरणमा परेको वा अन्य गम्भीर संकट रहेको अवस्थाका रूपमा बुझिन्छ । त्यसपछि आकाशको आसपास रहेका अन्य विमानर एटीसीमार्फत विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम गरिन्छ । विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीलाई ‘अलर्ट’ गर्ने कामसमेत सोही संकेतका आधारमा गरिन्छ ।

के हो बोइङ ७८७–८ ड्रिमलाइन?

क्रानफिल्ड विश्वविद्यालयका एयरोस्पेस तथा एभिएसन निर्देशक ग्राहम ब्रेथवेटका अनुसार बोइङ ७८७–८ ड्रिमलाइनर सेवामा रहेका सबैभन्दा आधुनिक यात्रुबाहक विमानहरूमध्ये एक हो । ७८७ एक नयाँ मोडेल हो, जसको सुरक्षा रेकर्ड बलियो मानिन्छ । यसअघि यो कुनै घातक दुर्घटनामा परेको थिएन ।

‘दुर्घटनामा परेको विमान ११ वर्ष पुरानो बोइङ ७८७–८ ड्रिमलाइनर हो, यो ७८७ मोडेलमा भएको पहिलो ठूलो दुर्घटना हो,’ ब्रेथवेटले भने, ‘यद्यपि उडानको प्रारम्भिक चरण वा टेकअफ अत्यन्त संवेदनशील हुन्छ ’अबगकभ विमान अझै गति लिँदै हुन्छ र कुनै समस्या आए तुरुन्त प्रतिक्रिया आवश्यक पर्छ, तैपनि बोइङ ७८७ जस्तो आधुनिक विमानहरूमा यस्तो दुर्घटना निकै दुर्लभ हुन्छ ।

’यसअघि पनि एयर इन्डियाका पाँचवटा विमान दुर्घटनामा परेका थिए । ती दुर्घटनामा सयौं नागरिकको ज्यान गएको थियो ।

१० एयर इन्डिया फ्लाइट ८५५ ९१९७८० – १ जनवरी १९७८ मा मुम्बईनजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको सो दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पाइलटको गल्ती भनिएको थियो । यो विमान दुर्घटनामा २ सय १३ यात्रु र चालक दलका सम्पूर्ण सदस्यको मृत्यु भएको थियो ।

२० एयर इन्डिया फ्लाइट १८२ कनिष्क विमान हादसा ९१९८५० – २३ जुन १९८५ मा आयरल्यान्डको तटनिजकै एटलान्टिक महासागरमा एयर इन्डियाको फ्लाइट १८२ लाई बम विस्फोटबाट दुर्घटना गराइएको थियो । यो खालिस्तान समर्थकद्वारा गरिएको आतंकवादी आक्रमण थियो ।

सो आक्रमणबाट विमानमा सवार ३ सय २९ यात्रुको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश भारतीय मूलका क्यानेडियन नागरिक थिए । यसलाई भारतको सबैभन्दा घातक विमान दुर्घटना मानिन्छ ।

३० इन्डियन एयरलाइन्स फ्लाइट ६०५ ९१९९०० – १४ फेब्रुअरी १९९० मा बेंगलुरुमा एयरबस ए–३२० विमान अवतरणका क्रममा धावनमार्गभन्दा अगाडि गएर खेतमा खसेको थियो । सो दुर्घटना पाइलटको गल्ती र प्राविधिक गडबडीका कारण भएको बताइन्छ । दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको थियो ।

४० एयर इन्डिया एक्सप्रेस फ्लाइट ८१२ ९२०१०० – २२ मे २०१० मा दुबईबाट म्याङ्लोर फर्किंदै गरेको एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७–८०० फ्लाइट अवतरणका दौरान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनामा १ सय ५८ जनाको मृत्यु भएको थियो । विमान चालकको थकान र धावनमार्ग ओवरसुट दुर्घटनाको मुख्य कारण थियो ।

५० एयर इन्डिया एक्सप्रेस फ्लाइट १३४४ ९२०२०० – ७ अगस्ट २०२० मा केरल राज्यको कोझिकोड विमानस्थलमा दुबईबाट फर्किन लागेको विमान भारी वर्षाका कारण अवतरणका कारण चिप्लिन पुगेको थियो । जसका कारण विमान दुई भागमा छुट्टिएको थियो । सो दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार