सर्वेक्षणले देखायो नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

सोमबार, ०२ असार २०८२

काठमाडौं । नेपालमा पहिलो पटक सन् २०२४ मा गरिएको यौन दुर्वलतासम्बन्धी राष्ट्रिय अध्ययनले ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ ।

नेपालका सातवटै प्रदेशहरू र तीनवटै भौगोलिक क्षेत्रहरू समेटिने गरी देशका विभिन्न ३४ वटा जिल्लाहरूका तीन  हजार तीन सय ८२ जना विवाहित महिला र पुरुषहरूमा गरिएको यो अध्ययनले अहिलेसम्म लुकेको र भित्र भित्र भयावह रुपमा रहेको यो गम्भीर विषयलाई उजागर गरेको छ ।

स्थानीय एकीकत विकास समाज नेपाल (सोलिड नेपाल) ले परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, सयुक्त राष्ट्र संघीय जनसंख्या कोष लगायतका संस्थाहरूको सहयोगमा अध्ययन गरिएको थियो । सन् २०२४ मा गरेको यौन दुर्बलता सम्बन्धी राष्ट्रिय सर्वेक्षणको नतिजा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेलले सार्वजनिक गरे । अनुसन्धानकर्ता डा खेम बहादुर कार्कीका अनुसार यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको देखिन्छ।

विश्वमा सरदर आधा जति मानिसहरू नाै महिनामा चारसय ९५ र पुरुषमा चार हजार तीन सय ५० ले कुनै न कुनै प्रकारको यौन दुर्बलताको अनुभव गरेको तथ्यांक रहेको छ। यसमध्ये एशियाली देशका नागरिकहरूमा यो दर झन धेरै रहेको देखिन्छ। सन् २०११ मा प्रकाशित अनुसन्धानमुलक लेखका अनुसार मलेसियाका पुरुषहरूमा २७. ६९ प्रतिशतसम्म, सिंगापुरका पुरुषहरूमा ५१. ७३ प्रतिशतसम्म र हङकङका पुरुषहरूमा ६४ प्रतिशत सम्ममा लिंग उत्तेजित नहुने समस्या देखाइएको छ। यसैगरी सिंगापुरका ५६ प्रतिशत महिलाहरूमा यौन दुर्बलता रहेको तथ्यांक पाइन्छ ।

नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुष मध्ये पाँच प्रतिशत वयस्क पुरुषहरूको गम्भीर दुर्वलता छ भने ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ। यौन दुर्बलता भएका मध्ये करिव ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टी प्राप्त गर्न नसकेको बताएका छन् । त्यसै गरी ९२ प्रतिशत महिला, पुरुषले यौन चाहाना नै नहुने बताएका छन्। यसले उनीहरूको जीवन तनावपुर्ण भएको वा उनीहरूको स्वास्थ्यमा केही न केही समस्या छ भन्ने संकेत गर्दछ।

यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उतेजना नै नहने हुन्छ भने ८६ प्रतिशतमा योनि सुख्खा हुने समस्या छ । करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्ने गरेको अध्ययनले देखाएको डा.कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार