पोखरा : मरेको खसी काटेर मासु बेचेपछि प्रहरीले दुई जनालाई पोखरा महानगरपालिकाबाट पक्राउ गरेको छ। साथमा ५४ किलो मासु समेत जफत गरेको छ।
पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको हो।
रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका दुई जनालाई कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया