आजको राशिफल बि‍‍‍सं २०८२ असार २१ गते शनिबार

शनिबार, २१ असार २०८२

आजको राशिफल बि.सं. २०८२ असार २१ गते शनिबार ई.सं. २०२५ जुलाइ ०५ नेपाल सम्बत ११४५ दिल्लाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल दशमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्ध योग, तैतल करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५७ मिनेट देखि ०८ बजेर ४० मिनेट सम्म छ ।

यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तराष्ट्रिय सहकारी दिवस पनि रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार