इटहरी : तीन वर्षीय बालक निश्चल आचार्यको जीवन रक्षार्थ लायन्स क्लबले १ लाख ५१ हजार रुपैयाँको आर्थिक सहायता प्रदान गरेको छ। इटहरी उपमहानगरपालिका–५ स्थित लायन्स सामुदायिक भवनमा शनिवार सम्पन्न विशेष कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो।
रक्त क्यान्सर पीडित निश्चल हाल काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचाररत छन्। उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट २२५ सी एरिया ४ अन्तर्गतका २६ वटा क्लबहरूलाई समेट्दै कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम एरिया चिफ लायन्स भोजराज दाहालको संयोजकत्वमा सम्पन्न भएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर बबर जङ्ग थापा र उनकी श्रीमती, इमिडिएट पास्ट गभर्नर विकास अधिकारी, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरिया, क्याबिनेट सेक्रेटरी नेत्रप्रसाद चौलागाईं, वडाध्यक्ष भीष्मकुमार घिमिरे, चिफ एडभाइजर उदयनारायण बराल, डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर लोकेन्द्र ढकाल, एलसीआईएफ डिस्ट्रिक्ट कोअर्डिनेटर थानेश्वर ढकाल, एरिया कोर्डिनेटर टन्क फुयाँल, गणेश वली कार्यक्रम संयोजकहरु , रिजन, जोन र क्लब का सम्पूर्ण अध्यक्षहरूको साथै लायन्स लिडरहरू को उल्लेखनीय उपस्थिति रहेको थियो।
सयौं लायन्स लिडर तथा सदस्यहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा प्राप्त सहयोगप्रति निश्चलको परिवारले आभार व्यक्त गर्दै सबै सहयोगी मनप्रति धन्यवाद प्रकट गरेको छ। कार्यक्रममार्फत लायन्स क्लबले मानव सेवामा आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको कार्यक्रम संयोजक एरिया -४ एरिया चिफ भोजराज दाहाल ले बताएका छन्।
प्रतिक्रिया