सहकारी आफैँले वृहत उद्देश्य बोकेको हुन्छ । यसको महत्व एकदमै वृहत छ । सहकारीले विश्व भरी नै बृहतयोगदान गरेको छ । विशेष गरी ग्रामीण भेगमा, विपन्न, दलित, पछाडि पारिएका महिलाहरु, युवाहरुका बारेमा धेरै योगदान गरेको छ । जसको सामाजिक र आयमा पहुँच पुगेको छैन वा पिछडिएको वर्गको उत्थान गर्दै सहकारी आजको अवस्थासम्म आइपुगेको छ ।
अरू देशको तुलनामा नेपालमा पछिल्लो समय जुन ढङ्गले सहकारी अभियान अगाडि बढ्यो, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढिरहेको अवस्थामा अहिले एकाएक अन्योलता सिर्जना गराएको छ । अन्यौलता, अविश्वास, शङ्का यस क्षेत्रमा देखिएको छ ।
जसले गर्दा सहकारी अभियानको भविष्य छैन, दुर्घटनामा पर्दैछ, सुरक्षित छैन भन्ने जुन आमबुझाई स्थापितहुन खोजिरहेको छ । त्यो सत्य होइन । अहिले नेपालको सन्दर्भमा सहकारी क्षेत्र दुई दशकयता सहकारीले विश्वसामु नेपाललाई जोड्ने काम गरेको छ । सहकारीले नेपाललाई चिनाउने काम गरेको छ । यसले गरेका अभ्यासहरू विश्वभरिका अरू देशहरूले पनि सिक्ने कुराहरू धेरै छन् ।
नकारात्मक कुराहरू अहिले जसरी फैलिरहेका छन् । ति विषयमा हामी अलिकति चनाखो हुने, ध्यान केन्द्रित गर्ने र टिप्पणी हुने नकारात्मकता कुराहरू सुनिरहेका छौँ ।नेपालमा सहकारी अभियानको राम्रो भविष्य छ । तर पछिल्लो समय केही सहकारीहरूले बदमासी गरे । यस्ताहरूको संख्या थपिनेक्रम बढिरहेको छ । यसमा दुःख लाग्ने कुराहरू छन् । यस्ता संस्थाहरूलाई कसरी सही ट्रयाकमा ल्याउने, कसरी उद्देश्यमा केन्द्रित गर्ने भन्ने विषयमा चाँही अभियान र राज्यपक्ष सबै मिलेर छलफल पनि गरिहेका छौँ ।
नियतवश साइनबोर्ड झुन्ड्याएर सहकारीको आवरणमा भित्रिधन्दा गर्नेहरूलाई सुधार्न सकिँदैन । कहिँलेकाँहीकामगर्दैजाँदानबुझेको अवस्थामाबुझाउन सकिन्छ तर नियत खराब भएकाहरुलाई सुधार गर्न सकिदैन् । हुनत सबै सहकारीहरु खराब छैनन् । अहिलेको परिवेशमा सबै राम्रापनि छन् भन्न सकिँदैन । यसलाई दुवै कोणबाट हेनुपर्छ । नराम्रो कसरी भए, यस्तो वातावरण कसरी बन्यो भन्दा सहकारीका ऐनहरु, कानुनहरुलाई छलेर, उद्देश्यहरुलाई छलेर वाजुन सोच राखेर आजति संस्थाहरु सञ्चालनमा आए त्यहाँ भएका पैसाहरुलाई आफ्नो पैसा सम्झिए । बचत सदस्यको हो भन्ने कुरा हामीले बिर्सियौं । राज्यका खुकुलो ऐन वा कानुनलाई पनि दुरुपयोग गर्यौं । आम बचतकर्ताहरुलाई एक खालको अभियान चलाएर विभिन्नखालका प्रलोभनहरु देखाएर बचत गर्न सफलभयौं । तर बचत जम्मा भइसकेपछि सञ्चालकहरुमै लोभ पलायो । बचतको पैसाले आफैं धनी बन्छु भन्ने,परिवार धनी हुनुपर्छ भन्ने,यही पैसाले आफ्नो लागि धनसिर्जना गर्नुपर्छ, यही बेलाउद्योग व्यवसाय खोल्नुपर्छ भन्ने कू–भावनाका कारण धेरै कुराहरू बिग्रियो ।
विशेषसरि सहकारीका पैसाले आफ्नै कम्पनी, उद्योग र घरजग्गाको कारोबारहरू गर्ने, राज्यको ऐन, कानुनदूरुपयोग गर्ने कामभयो । जसले गर्दा उहाँहरु फस्नुभयो । समयअनुसार राज्यले आफ्नो ऐनहरु परिवर्तन गर्यो ।हिजो जसरी सजिलो गरि काम गरिरहेका थियौ त्यो अब गर्न नमिले पछिसमस्यामापर्न थालियो । लगानीगरेका पैसाहरु उठ्न सकेन, त्यसपछि हाहाकार मच्चियो । सदस्यले बचत फिर्ता माग्न आउँदा फिर्ता गर्न सकेनौ । किनभने त्यो बचत अन्तै लगानीभएको छ ।यसले गर्दा केही संस्थाहरुमा समस्याआएका छन् । सञ्चालकहरु लोभीपापीभएका छन् । सहकारीप्रति अविश्वास बढ्न थाल्यो र यसले गर्दा पैसा झिक्ने क्रमहरु बढ्यो, सबै सदस्यहरुले पैसा झिक्नथालेपछि संस्थाले एकैपटक पैसा दिन सक्दैँन् । त्यहीभएर हामीले बुझाउनु पर्छ ।बिग्रिएको संस्थाको समाधानखोज्न र राम्रो संस्थालाई जोगाउनुपर्छ ्
यस्तोबेला संस्थाले आफ्नो सदस्यहरुलाई विश्वास दिलाउन सक्नुपर्छ । जबसम्म विश्वासको वातावरण बन्न संस्थालाई प्रभावकारी बनाउन सकिदैन् ।सदस्यहरुले नियमित रुपमा बचत गर्ने, लिएको ऋण तिर्ने, हल्लाको पछाडिनलाग्ने हो भने संस्थामा केहीपनि समस्याआउदैँन् । सबै संस्थामा सञ्चालकले बद्मासी गरेको पनि भन्नमिल्दैँन् । अहिले कतिपय ठाँउहरुमा सदस्यहरुले पनि पैसा लाने नतिर्ने गरेका छन् ।
केही समय अगाडि हेर्ने हो भने सहकारी बाहेक संसार नै छैन भनेर केही व्यक्तिहरु यो क्षेत्रमाकाम गरिरहेका थिए । तर सरकारका पनिप्वाँलहरु रहेछन् र दुरुपयोग गर्ने रहेछन् भन्ने देखिएको छ । पछिल्लो समय यस्ता कुराहरुलाई राज्यले नियन्त्रण गर्ने प्रयास गरेको छ । हुनत सबैलाई एउटै तरिकाले हेर्न हुँदैन् । बद्मासी गर्नेलाई छुट्टै विधि बनाउनपर्छ । राम्रो गर्नेहरूलाई प्रोत्साह नहुने खालको ऐन कानुनहरू बनाउनुपर्छ । त्यस्तो काम राज्यको तर्फबाट भएको छैन । सबैलाई एउटै नजरले हेरिएको छ यो दुःखलाग्दो कुरा हो ।
आर्थिक मन्दीले हरेक व्यक्तिलाई प्रभाव पारेको छ । सहकारी क्षेत्र पनि मन्दीको प्रभावका छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाहरुले पनि प्रभाव पारिरहेको छ । हरेक मान्छेको जीवनपद्धती सहकारीसँग जोडिएको थियो, हिजो उहाँहरुको आम्दानीको बाटो फराकिलो थियो, आजती सबै क्षेत्रहरु संकुचित भएको छ । नियमित रुपमा बचत गर्न सकिरहेको छैन । कर्जा नियमित रुपमातिर्न सकिरहेको छैन । यसले नै समस्या निम्ताइरहेको छ ।
पछिल्लो समयमा राज्यकाऐन, नियम, कानुनहरू परिवर्तनहरु भए । परिस्थितिहरु फरक ढङ्गले निर्माण हुँदैगयो ।संस्थाहरुले लगेको पैसा पनितिर्न सकेनन् । असलमनसायले नै लगानीभएको भएतिर्न सहज हुन्छ तर गलत ढङ्गले लगानी गरिएको भएपैसा असुलीहुनगार्यो हुन्छ । केही समय ढिला होला, केही समय रोकिएला, वा केही समय अन्यौलता रहला । फेरी अवस्थाअनुकुल भएपछि लयमा फर्कन्छ । लयमाफर्केपछि संस्थाले चलाएको पैसा फिर्ता गर्ने अवस्था बन्छ । राज्यर सहकारी अभियानको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्छ । संविधानको प्रस्तावनामा नै सहकारीलाई महत्वदिएर विषयवस्तु समावेश गरिएको छ । सरकार, निजीक्षेत्र र सहकारीबीच त्रिपक्षीय सम्बन्ध भएन भने राज्यको अर्थतन्त्रको मोडल अघि बढ्दैन् ।
पछिल्लो समयविषयवस्तु विषयान्तरण भएको हो कि जस्तो लाग्छ । हामीले धेरै संघर्ष गर्यौं । मागेका कुरा ऐनमार्फत खोज्यौं । पर्याप्त थिएन होला तर हामीलाई चाहिने कुराहरू सहकारी ऐन २०७४ मा पाएका छौँ । नहुनु भन्दाकेही न केही भएको छ ।
अप्ठ्याराहरुको भएको ठाउँमा संशोधन गर्दै जाने भन्ने ठाउँमा अभियान अगाडि बढिरहेको स्थिति थियो । राज्यले मापदण्डहरू जारी गर्यो ।समय समयमा निर्देशनहरु जारी गर्यो । अहिले पछिल्लो समय फेरी सरकारले नयाँ ढङ्गले अगाडि बढेको स्थिति छ । अहिलेको सहकारी ऐनले अहिलेको समस्या समाधान गर्न सक्दैन भन्ने कुरा हामीसँग पनि पर्याप्त छलफलहरु नगरी फरक ढङ्गले प्राधिकरणहरू गठन गर्ने, सहकारीको नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई बुझाउने जुन खालको कामहरू भएको छ यसले राज्यको दृष्टिकोणबाट हेर्दा ठिकै होला हामी अभियानको दृष्टिकोणबाट हेर्दा हतारो भएजस्तो लाग्छ । अहिलेको सहकारी ऐनले समस्या समाधान नगर्ने जस्तो चाँहीलाग्दैन् । सहकारी ऐन २०७४ लाई नै पूर्ण रुपमा कार्यान्वयन गर्ने ठाउँमा नपुग्दै हतार गरेर सरकार फरक बाटोमा हिँडिरहेका हो ।
अहिले प्राधिकरणको जुन खालको मापदण्डहरू जारी गरेको छ त्यसले सहकारीलाई धेरै नियन्त्रण गर्ने, खुम्च्याउने, अलि अत्याउने कोणबाट आएको छ । हामीलाई प्रोत्साहन गर्ने, अभियानलाई मनोबल बढाउने कोणबाट आउनुपर्छ भन्ने हाम्रो भनाइहो । तर स्थिति हामीले पाएनौँ । प्राधिकरणका मापदण्डका केही बुद्दाहरु संशोधन गरिएन भने सहकारीले अहिलेकै अवस्थामाचलाउन सक्ने अवस्था छैन । मापदण्डमा संशोधन गरेर अगाडि बढ्न सकियो भने धेरै सहज हुन्छ । तर राज्यले संशोधन गर्ने कुरा सुन्दैन ।
हाम्रो अवस्था बुझिएन भने अहिलेको अवस्थामा सहकारी चलाउन सकिँदैन । र यो सबै सहकारी सङ्घ संस्थाहरूको ताल्चा चाबी सरकारले बुझ्नुपर्ने स्थितिमा पुग्छ । नेपालको सन्दर्भमा कुरा गर्दा सबैभन्दा धेरै नागरिक सङ्गठित भएको क्षेत्र सहकारी अभियान हो । कुनै राजनीतिक दल वा अरू संघसंस्थासँग पनि यति धेरै नागरिक आवद्ध र सङ्गठित भएको अवस्था छैन ।
नेपालमा सहकारीको छाताभित्र ७० लाख मानिसहरु आवद्ध भएका छन् । यकिन तथ्याङक त छैन । प्रत्येक नागरिकहरुको जीवन जोडिएको छ । विशेष गरी यसले ग्रामीण क्षेत्रमा यसको महत्व छ । ग्रामीण क्षेत्रमा यसको भूमिका धेरै छ । आमनागरिकलाई यसले सङ्गठित गरेको छ ।सशक्तिकरण गराएको छ । वित्तिय साक्षरताहरुमाकाम गरेको छ । वित्तिय पहुँच पुर्याएकाले आत्मनिर्भर हुनेतर्फ समाज अघि बढेको छ । सहरहरुमापनि सहकारीको महत्व नभएको होइन तर ग्रामीण इलाकामा बढी छ ।
काठमाडौंको हकमा ११ स्थानीयनिकायमापहुँचपुगेको छ । हाम्रा सदस्यहरुको क्षमताविकास सदस्यहरुको योजना निर्माण, सदस्यहरुको नीतिनिर्माण, व्यवसायिक योजना, समस्यापर्दा हाम्रो तर्फबाट गर्नुपर्ने थुप्रै सहयोगका कामहरु गरिरहेका छौ । हुनतअझै पर्याप्तमात्रामा गर्न सकेका छैनौं । हामीभित्रपनि समस्या नआएका होइनन् ।समस्या आउनुका पछाडिका कारणबारे गहन समिक्षा गरिरहेका छौ । दिनरात नभनी मेहेनत गरिरहेका छौँ । संस्थाहरूलाई हामीसँग भएकाप्रविधि, नविनतम सीपहरु, तालिम, शिक्षाका कार्यक्रमहरु संस्थाको तल्लो तहसम्म पुर्याउने प्रयासमा छौँ ।
प्रतिक्रिया