काठमाडौं : नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा देशभरका डेढ दर्जनभन्दा बढी नेता र कार्यकर्तामाथि कारबाही गरेको छ। केन्द्रीय अनुशासन समितिको हालै सम्पन्न बैठकले २०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टी वा गठबन्धनका आधिकारिक उम्मेदवारलाई पराजित गराउने उद्देश्यले गतिविधि गरेको ठहर गर्दै कारबाहीको निर्णय सुनाएको हो।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार पार्टीका उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल, अडियो–भिडियो तथा अन्य माध्यम प्रयोग गरी आन्तरिक क्षति पुर्याउने प्रमाण भेटिएकाले कारबाही गरिएको हो।
निष्कासित नेताहरू :
तुलसी सुब्बा, महासमिति सदस्य, तेह्रथुम
कुमार खड्का, महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री, कास्की
विक्रम खनाल, महामन्त्री, लुम्बिनी प्रदेश
विष्णुकुमार राई, जिल्ला सभापति, खोटाङ
अरविन्दकुमार गुप्ता, क्षेत्रीय सभापति, पर्सा–१
आनन्द यादव, सभापति, लक्ष्मीनीया गाउँपालिका, धनुषा (६ महिनाको निष्कासन)
उनीहरूलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) अनुसार एक वर्षसम्म पार्टी सदस्यताबाट निष्कासन गरिएको हो।
निलम्बित नेताहरू:
खटरु यादव, नगर सभापति, सबैला नगरपालिका, धनुषा
रामबाबु यादव, वडा नं -१, धनुषाधाम नगरपालिका
फुलगेन यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
भावना श्रेष्ठ, क्षेत्रीय सहसचिव, कास्की–२
भिमबहादुर शाह, महाधिवेशन प्रतिनिधि, धनगढी–२
पूर्णकुमार कुँवर, निवर्तमान जिल्ला सचिव, कैलाली
आनन्दराज जोशी, पूर्व महासमिति सदस्य, धनगढी–१
रविन्द्रप्रताप सिंह, क्षेत्रीय प्रतिनिधि, धनगढी–२
लेखराज ओझा, क्रियाशील सदस्य, धनगढी
सुभाष चन्द, क्रियाशील सदस्य, धनगढी–१
बब्लुकुमार चौधरी, पूर्व महाधिवेशन प्रतिनिधि, धनगढी–५
कृष्ण के.सी., निवर्तमान सभापति, कास्की (३ महिनाको निलम्बन)
उनीहरूलाई ३ देखि ६ महिनासम्म पार्टी सदस्यता निलम्बन गरिएको छ।
प्रतिक्रिया