विराटनगर :मोरङ जिल्लाको धनपालथान गाउँपालिकाबाट बुधबार साँझ ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।
धनपालथान–१ स्थित उखुबारीभित्र लुकाएर राखिएको २६ बोरा गाँजा सुरक्षाकर्मीको संयुक्त टोलीले फेला पारेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त गाँजा बरामद गरेको हो।
प्रतिक्रिया