सामाजिक संजालमा अफवाह फैलाउने सुनसरीका युवालाई प्रहरीले लियो नियन्त्रणमा

बुधबार, २५ असार २०८२

 इटहरी : सामाजिक सञ्जाल टिकटक मार्फत धार्मिक विद्वेष फैलाउने र अश्लील भाषा प्रयोग गरी सामाजिक सौहार्द बिगार्ने प्रयासमा संलग्न एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति सुनसरी कोशी गाउँपालिका–३, नहरचौकका २२ वर्षीय साहिल अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अंसारीले धर्म विशेषलाई लक्षित गरी अपमानजनक, अश्लील शब्द प्रयोग गर्दै धार्मिक हिंसा भड्काउन सक्ने खालको भिडियो तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको बिद्युतिय अपराध शीर्षकमा मुद्दा अनुसन्धान अगाडि बढाइएको छ । सुनसरी जिल्ला अदालतले समेत तीन दिनको म्याद थप गर्दै थप अनुसन्धानको लागि अनुमति दिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार