मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

शुक्रबार, २७ असार २०८२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२:८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ ।

शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ । 

मौद्रिक नीति नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ ।

राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।

बिहीबार साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको हो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार