काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई “वैकल्पिक राजनीतिको भ्रम” र “अस्वाभाविक महत्त्वाकाङ्क्षा”ले विवेकशून्य बनाएको आरोप लगाएका छन्।
उनले अनुभव, दृष्टिकोण र जनताप्रतिको उत्तरदायित्वबिनै सांसद र मन्त्री बनेका व्यक्तिहरूको असन्तुलित क्रियाकलापले नै रास्वपाको वर्तमान अवस्था झल्किएको बताए।
बस्नेतका अनुसार,रास्वपाले मुलुकको राजनीतिक परिवर्तनमा कुनै योगदान नदिएको र न त उनीहरूसँग नीति, दृष्टिकोण वा कार्ययोजना नै रहेको उल्लेखनीय कुरा हो।
"आफ्नै नेतृत्वको देवत्वकरणमा केन्द्रित गतिविधिले जनतामा राजनीतिप्रति वितृष्णा र घृणा बढाइरहेको छ,"उनले टिप्पणी गर्दै भने,“रास्वपा पनि मुलुकमा फैलिएको भ्रष्टाचार, बेथिति र काण्डका नयाँ साझेदारका रूपमा स्थापित भइसकेको छ।”
बस्नेतले सन् २०८४ को निर्वाचनमा जनताले रास्वपालाई "साइजमा ल्याउने" विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया