धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
निर्वाचन उपसमितिका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा अपराह्न ५ बजेसम्म २,३४० मत खसेका छन्। खसेका सबै मत सदर भएको निर्वाचन समितिले जनाएको छ।
कुल २,९०७ मतदाता मध्ये वाणिज्यतर्फ १,७८४,उद्योगतर्फ ९६२, एशोसिएटतर्फ १४० र बस्तुगततर्फ २१ मतदाता रहेका थिए।
मतदानमा वाणिज्यतर्फ १,३९९, उद्योगतर्फ ७८७, एशोसिएटतर्फ १३३ र बस्तुगततर्फ २१ मत खसेका छन्। मतदान सम्पन्न भएपछि अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठको उपस्थितिमा मतपेटिका सिलबन्दी गरिएको छ।
मतगणना भोलि मङ्गलवार बिहान ८ बजेदेखि सुरु गरिने सङ्घका वर्तमान अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । निर्वाचनमा अध्यक्ष पदका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आ-आफ्ना समूह बनाएर उम्मेदवारी दिएका छन्।
गोपाल श्रेष्ठ समूह
उद्योगतर्फ: कृष्णप्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल, महेन्द्र प्रधान
वाणिज्यतर्फ: अनिल अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद)
वाणिज्य महिलातर्फ: वर्षा अग्रवाल
एशोसिएटतर्फ: अशोक जैन, मनिष अग्रवाल,ललितकुमार अग्रवाल
शिवराज श्रेष्ठ समूह
वाणिज्यतर्फ: अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाईँ, सीताराम आचार्य
वाणिज्य महिलातर्फ: ममता शाक्य
उद्योगतर्फ: उमेश अग्रवाल, खड्गबहादुर बस्नेत (राजु), शिवनन्द साह
एशोसिएटतर्फ: राजु साह, राजेश अग्रवाल
प्रतिक्रिया