बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, फर्जी कागजात प्रयोगको आरोपमा छानबिन समिति गठन

सोमबार, ३० असार २०८२

काठमाडौँ : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेपछि ओझा स्वचालित रूपमा निलम्बनमा परेका हुन् ।

छानबिन समितिमा गिरीसँगै कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य छन् । बीमा ऐन २०७९ को दफा १२(३) अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बन हुने व्यवस्था छ । यही प्रावधानअनुसार ओझाको निलम्बन भएको हो ।

सरकारले ओझालाई पदमुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । ऐनको दफा १२(१)(ग) मा खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा पदमुक्त गर्न सकिने प्रावधान छ ।

ओझाको नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा भएको थियो । तर, योग्यता सम्बन्धी विवाद चुलिँदै जाँदा आफैँले नियुक्त गरेका ओझालाई ओली नेतृत्वकै सरकारले निलम्बनमा पठाएको हो । ओझाले अध्यक्षमा नियुक्त हुन फर्जी कागजात प्रयोग गरेको आरोप छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार