साउनका लागि अधिकांश बैंकले थप घटाए ब्याजदर (सूचीसहित)

बुधबार, ३२ असार २०८२

काठमाडौँ : देशका अधिकांश वाणिज्य बैङ्कहरूले साउन महिनाका लागि ब्याजदर घटाएका छन्। बैङ्कहरूले सार्वजनिक गरेको विवरणअनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगत ब्याजदर ०.२६ प्रतिशत घटाएर ५.७ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपमा पनि समान अनुपातले घटेर ४.११ प्रतिशत कायम भएको छ।

साउन १ गतेदेखि लागू हुने ब्याजदर समायोजनअनुसार धेरै बैङ्कहरूले ब्याजदर घटाए पनि केही बैङ्कहरूले भने आंशिक रूपमा वृद्धि गरेका छन्। ग्लोबल आइएमई, माछापुच्छ्रे, एनएमबि र सिद्धार्थ बैङ्कले दर स्थिर राखेका छन्। हिमालयन बैङ्क र स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ब्याजदर बढाएका छन्।

ब्याजदर घटाउने प्रमुख बैंकहरू:

कृषि विकास बैंक: व्यक्तिगततर्फ ५.४०% (-०.०५%), संस्थागततर्फ ३.५०% (-०.९५%)

नेपाल बैंक: व्यक्तिगततर्फ ५.४०% (-०.०५%), संस्थागततर्फ ३.७५% (-०.२५%)

कुमारी बैंक: व्यक्तिगततर्फ ५.६१% (-०.१०%), संस्थागततर्फ ४.०१% (-०.४०%)

नेपाल एसबीआई बैंक: व्यक्तिगततर्फ ५.३५% (-०.१५%), संस्थागततर्फ ४.३५%

लक्ष्मी सनराइज बैंक: व्यक्तिगततर्फ ५.५०% (-०.२५%)

ब्याजदर बढाउने बैंकहरू:

हिमालयन बैंक: व्यक्तिगततर्फ ६% (+०.५०%), संस्थागततर्फ ५% (+१%)

स्ट्याण्डर्ड चार्टर्ड: व्यक्तिगततर्फ ६.२६% (+०.०१%), संस्थागत दर यथावत्

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार